क्यानको केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत
बुधबार, २८ चैत २०८०, १६ : १४
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सदस्यमा छुम्बी लामा मनोनीत भएका छन् । उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तर्फबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । क्यानको विधानमा राखेपले दुई जनालाई क्यानको केन्द्रीय सदस्यमा मनोनीत गर्न पाउँछ ।
छुम्बीलाई राखेपको सदस्यसचिव स्तरीय निर्णयबाट क्यानको केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो । उनी क्यानको अघिल्लो कार्यसमितिमा पनि राखेपको तर्फबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए । उनी लामो समयदेखि नेपाली क्रिकेटमा सक्रिय रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण