बाढीको चपेटामा रुस
बुधबार, २८ चैत २०८०, १९ : ३२
मस्को । रुसका केही भागमा १३ हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।
अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् ।
ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन् ।
तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण