बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीको चपेटामा रुस

बुधबार, २८ चैत २०८०, १९ : ३२
बुधबार, २८ चैत २०८०

मस्को । रुसका केही भागमा १३ हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।

अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् । 

ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६  मानिसहरूलाई विस्थापित भएका छन् । 

तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ । -(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप