आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सङ्घीय निजामती ऐन छिट्टै आउँछ : मन्त्री जोशी

बुधबार, २८ चैत २०८०, २० : ०३
बुधबार, २८ चैत २०८०

बुटवल । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती ऐन छिट्टै संसदबाट पारित हुने बताएका छन् । 

बुधबार नेकपा एकीकृत समाजवादी रुपन्देहीका अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै मन्त्री जोशीले  सङ्घीयतालाई बलियो बनाउन र सुशासन कायम गर्नका लागि समेत उक्त ऐन आउनुपर्ने  बताए । उनले  सङ्घीय निजामती ऐनमाथि दफावर छलफल गर्ने तयारीमा रहेको बताउँदै यो ऐन कार्यान्वयनमा जाँदा ठुलो उपलब्धि हुने दाबी गरे ।

 उनले देशभरका निजामती सेवामा रहेका कर्मचारीहरूको व्यवस्थापन गर्ने काम हुँदा ठुलो उपलब्धि हुने बताए । सङ्घीय निजामती ऐन छलफल गरेर संसदबाट पारित हुँदा  यसले देशभरका कर्मचारीहरूको व्यवस्थापन सहज हुने उनको विश्वास छ । 

उनले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक ऐन र मापदण्ड निर्माणमा समेत आफू लागि परेको बताए । उनले अहिले सुशासन कायम गर्दै सङ्घीयतालाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताउँदै त्यसलाई प्राथमिकतामा राखेर काममा अघि बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप