विशाल भण्डारीको स्वीकारोक्ति– ‘म र टिमको गल्तीले दुर्घटनामा पर्यौ’
काठमाडौँ । दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको ‘कमेडी च्याम्पियन सिजन ३’को नयाँ भाग आजबाट प्रसारणमा आउने भएको छ । च्याम्पियनका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नयाँ भाग प्रसारणको जानकारी दिएका हुन् ।
‘जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो’, उनले अगाडि भनेका छन्, ‘दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्यौ । ‘कमेडी च्याम्पियन सिजन ३’को प्रसारण रोकिएको थियो । आजबाट प्रसारणलाई निरन्तरता दिँदै छौ ।’ दुर्घटनाले आफूलाई धेरै कुरो सिकाएको भन्दै आगामी दिन झन् सजकताका साथ अगाडि बढ्ने उनले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका कमेडियन सुशान्त बस्यालकाे स्वास्थ्यमा सुधार समेत भएको जानकारी दिएका भण्डारी भन्छन्, ‘मापसे सेवन गरेर सवारी नचलाउनुस् ।’
मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण