विशाल भण्डारीको स्वीकारोक्ति– ‘म र टिमको गल्तीले दुर्घटनामा पर्यौ’
काठमाडौँ । दुई साताअघि भक्तपुरमा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परेपछि स्थगित भएको ‘कमेडी च्याम्पियन सिजन ३’को नयाँ भाग आजबाट प्रसारणमा आउने भएको छ । च्याम्पियनका निर्देशक विशाल भण्डारीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नयाँ भाग प्रसारणको जानकारी दिएका हुन् ।
‘जीवन एक भोगाई हो । मानवीय गुण नै हो नतिजा कहिले सही र कहिले गलत भइदिन्छ । सबै सिकाई र भोगाइको क्रम हो’, उनले अगाडि भनेका छन्, ‘दुई साता अगाडि म र मेरो टिमले गरेको गल्तीले म लगायत टिमका साथीहरू दुर्घटनामा पर्यौ । ‘कमेडी च्याम्पियन सिजन ३’को प्रसारण रोकिएको थियो । आजबाट प्रसारणलाई निरन्तरता दिँदै छौ ।’ दुर्घटनाले आफूलाई धेरै कुरो सिकाएको भन्दै आगामी दिन झन् सजकताका साथ अगाडि बढ्ने उनले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका कमेडियन सुशान्त बस्यालकाे स्वास्थ्यमा सुधार समेत भएको जानकारी दिएका भण्डारी भन्छन्, ‘मापसे सेवन गरेर सवारी नचलाउनुस् ।’
मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली भक्तपुरमा भयानक दुर्घटनामा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक