छिटै वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउँदैछौँ : मन्त्री सुडी
काठमाडौँ । वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको बताए । बिहीबार काठमाडौँमा वनस्पति विभागको ६७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सुडीले वनस्पति विभागले गरिराखेका कामहरू थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । तत्काल वनस्पति ऐन आवश्यक रहेको र मन्त्रालयको पनि पहिलो प्राथमिकता प्रस्तावित वनस्पति विधेयकलाई ऐनको रूपमा ल्याउनु रहेको मन्त्री सुडीले बताए । उनले जडीबुटी र सुगन्धित तेलको व्यापार प्रवर्द्धनमा निरन्तरता दिनुपर्ने बताए ।
उनले मानवीय वा जलवायु परिवर्तनका कारण दुर्लभ, लोपोन्मुख, रैथाने तथा बहुउपयोगी वनस्पतिहरू दिनप्रतिदिन सङ्कटमा परिरहेको बताए । मन्त्री सुडीले बहुउपयोगी वनस्पति विविधताको पहिचान, अभिलेखीकरण, संरक्षण, संवर्द्धन तथा अनुसन्धान गर्ने काम समयमै सफल गर्नुपर्ने चुनौती रहेको बताए । उनले राष्ट्रिय वनस्पति उद्यान लगायत देशका विभिन्न हावा, पानी र भौगोलिक क्षेत्रमा रहेका अन्य वनस्पति उद्यानहरूलाई समेत समय सापेक्ष रूपमा विकास गरी पर्यापर्यटन विकास र स्थानीय रोजगारी सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरे ।
मन्त्री सुडीले वनस्पति विविधताको अध्ययन, अनुसन्धानबाट प्राप्त नतिजालाई जनस्तरसम्म पुर्याइ स्थानीयको जीवनस्तर सुधार गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण