भारतमा स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु
हरियाणा । हरियाणाको कनिना क्षेत्रको उन्हानी गाउँमा रहेको महिला कलेज नजिकै बिहीबार बिहान स्कुल बस दुर्घटना हुँदा ६ बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा ३५ भन्दा बढी बालबालिका घाइते भएका छन् ।
प्रहरी र प्रत्यक्षदर्शीका अनुसार बस नियन्त्रण बाहिर गएपछि बसका चालकले गुडिरहेको बसबाट हाम फालेका थिए । त्यसपछि बस रुखसँग ठोक्किएर पल्टिएको थियो । बस पल्टिनेबित्तिकै विद्यालयका बालबालिकाहरू बसको अगाडिको सिसा फुटाएर बाहिर खसेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
बसमा जम्मा ४५ जना बालबालिका सवार थिए । करिब १० बालबालिकाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । जीएल पब्लिक स्कुल कनिनाको यो स्कुल बस सहलाङ, झाड्ली, धनौंडाबाट बालबालिका लिएर कनिनातर्फ आउँदै गरेको थियो । इदको बिदा भए पनि बिहीबार विद्यालय बन्द गरिएको छैन । घाइतेहरूलाई कनिना ल्याइएको छ, जहाँ केहीलाई नरनौल, पीजीआईएमएस रोहतक र रेवारीमा रिफर गरिएको छ।
प्रहरीकाअनुसार बस चालक भने अझै फरार छन् । स्थानीय प्रहरी अधिकृत उदय भानले सञ्चारमाध्यमलाई भने, ‘प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीको बयानअनुसार चालकले मदिरा सेवन गरी बस चलाएको खुलेको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । मृत्यु हुने अधिकांश बालबालिका धनौंडा गाउँका बासिन्दा हुन् ।”
बस पल्टिएपछि नजिकैका मानिसहरूले सबैभन्दा पहिले बालबालिकालाई बाहिर निकाल्न थाले। केही समयपछि प्रहरी घटनास्थल पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण