जीवनबहादुर शाहीलाई मुद्दा लगाइनु षड्यन्त्र : कर्णाली कांग्रेस
सुर्खेत । दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाही लगायत ३२ जनालाई प्रतिवादी बनाई अदालतमा दायर भएको मुद्दाको विषयमा नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रश्न उठाएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेसले दल नेता शाहीमाथि षड्यन्त्र भएको बताएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले दल नेतालाई लगाइएको मुद्दा जुन तरिकाले, जुन समयमा लगाइयो त्यसले आफूहरूलाई संशय उत्पन्न गराएको बताए ।
‘यो संयोग हो कि षड्यन्त्र हो,’उनले भने, ‘हामीलाई षड्यन्त्रको आभास भइरहेको छ । किनभने जुन बेलामा कर्णालीका तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत मागिरहनु भएको थियो, त्यहीबेला हाम्रो नेतामाथि मुद्दा उठाइयो । सात वर्ष अगाडिको मुद्दा मिसिल र फाइलको खातमा लुकेको त्यो फाइललाई कताबाट उधिनेर, छारो टकटक्याई मुद्दाका रूपमा उठाई अख्तियारले जुन मुद्दा चलाउने निर्णय लियो यो संयोग नभई षड्यन्त्र हो भन्ने हामीलाई लागेको छ ।’
यो विषयप्रति कांग्रेसले खेद प्रकट गरेको छ । साथै उनले नेपाल सरकारले अहिले राज्य आतङ्क सिर्जना गरिरहेका बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण