विविध संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा समुन्नत तथा सभ्य समाज निर्माण गर्न सबै जाति समुदायका पर्व र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।
इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गरे । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको समाजमा सामाजिक एकता अभिवृद्धि गर्न प्रचलित सबै जाति समुदायका सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्नुपर्ने बताए ।
अध्यक्ष नेपालले विविध सांस्कृतिक विशेषताका कारण नेपाली समाजलाई एकापसमा एकताबद्ध बनाउने उल्लेख गर्दै विभिन्न चाडपर्वले राष्ट्रको गौरव बढाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
मुलुकमा एकापसमा पारस्परिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने विश्वास व्यक्त गरे । आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण समाज निर्माण गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण