बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विविध संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

बिहीबार, २९ चैत २०८०, २० : ००
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा समुन्नत तथा सभ्य समाज निर्माण गर्न सबै जाति समुदायका पर्व र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा बिहीबार शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गरे । उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको समाजमा सामाजिक एकता अभिवृद्धि गर्न प्रचलित सबै जाति समुदायका सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्नुपर्ने बताए । 

अध्यक्ष नेपालले विविध सांस्कृतिक विशेषताका कारण नेपाली समाजलाई एकापसमा एकताबद्ध बनाउने उल्लेख गर्दै विभिन्न चाडपर्वले राष्ट्रको गौरव बढाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मुलुकमा एकापसमा पारस्परिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने विश्वास व्यक्त गरे । आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण समाज निर्माण गर्नुपर्ने उल्लेख गर्दै उनले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीलाई अन्त्य गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप