सलमानले घोषणा गरे ‘सिकन्दर’
मुम्बई । अभिनेता सलमान खानले नयाँ फिल्म ‘सिकन्दर’ घोषणा गरेका छन् । बिहीबार इदको अवसर पारेर उनले फिल्म घोषणा गरेका हुन् ।
फिल्मको निर्देशन साउथका चर्चित निर्देशक एआर मुरुगदासले गर्नेछन् । मरुदासले यस अगाडि ‘गजनी’, ‘होलीडे’ र ‘अकीरा’ निर्देशन गरिसकेका छन् । फिल्मका निर्माता साजिद नाडियाडवाल हुन् ।
फिल्मको पोस्टर शेयर गर्दै सलमानले भनेका छन्, ‘यो इदमा ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ हेर्नुहोस् । आउँदो इदमा ‘सिकन्दर’बाट भेट हुनेछ ।’
सलमान र निर्माता साजिदले १९९६ मा रिलिज फिल्म ‘जीत’मा पहिलो पटक काम गरेका थिए । फिल्ममा सलमानको अलवा सनी देओल, करिस्मा कपुरलगायतको अभिनय थियो । त्यसपनि सलमानले साजिदको ‘जुडुवा’, ‘मुझसे सादी करोगी’ र ‘किक’ जस्ता हिट फिल्ममा काम गरेका थिए ।
सलमानले निर्देशक मुरुगदाससँग २०१४को फिल्म ‘जय हो’मा काम गरेका थिए । मुरुगदास त्यो समय फिल्मका लेखक थिए । २०२० र २०२२ को इदमा सलमानको कुनै फिल्म रिलिज भएन । २०१५ देखि २०२४सम्म इदमा सलमानको ७ फिल्म रिलिज भएको छ । जसमा २०२१ मा रिलिज ‘राधे’मात्र फ्लप भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण