बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेको सिपालीमा बुद्धचित्तको रुख काटियो, सकेट बम राखेर आरोपीहरू फरार

शुक्रबार, ३० चैत २०८०, १० : ३५
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा एउटा समूहले बुद्धचित्त मालाको रुख काटेका छन् । रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।

बम निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । स्थानीय ठाकुरानी तामाङको स्वामित्वमा रहेको सो बुद्धचित्तको माला काभ्रे जिल्लामा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको थियो । दुईवटा समूहको बिचमा पैसाको विवाद हुँदा अर्को समूहले मान्छे प्रयोग गरेको र तेस्रो पक्षले पैसाको बार्गेनिङ्ग  गरेर रुख काटेको हुनसक्ने आकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी वसुन्धरा खड्का नेतृत्वको टिमले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।

गएराति २ बजेतिर ७ जनाको समूह गएर इलेक्ट्रिक आरोले रुख काटेर बम झुन्ड्याएर भागेका हुन् । आरोपीहरूले खोजी भइरहेको डीआईजी केसीले जानकारी दिए । 

Sipali Mala 12.30 (2080)..

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप