काभ्रेको सिपालीमा बुद्धचित्तको रुख काटियो, सकेट बम राखेर आरोपीहरू फरार
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपाली स्थित नागबेलीमा एउटा समूहले बुद्धचित्त मालाको रुख काटेका छन् । रुख काटेर घरको ढोकामा दुईवटा सकेट बम राखेर आरोपीहरू फरार भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले रातोपाटीलाई बताए ।
बम निष्क्रिय बनाउन नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ । स्थानीय ठाकुरानी तामाङको स्वामित्वमा रहेको सो बुद्धचित्तको माला काभ्रे जिल्लामा सबैभन्दा महँगोमा बिक्री हुँदै आएको थियो । दुईवटा समूहको बिचमा पैसाको विवाद हुँदा अर्को समूहले मान्छे प्रयोग गरेको र तेस्रो पक्षले पैसाको बार्गेनिङ्ग गरेर रुख काटेको हुनसक्ने आकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी वसुन्धरा खड्का नेतृत्वको टिमले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
गएराति २ बजेतिर ७ जनाको समूह गएर इलेक्ट्रिक आरोले रुख काटेर बम झुन्ड्याएर भागेका हुन् । आरोपीहरूले खोजी भइरहेको डीआईजी केसीले जानकारी दिए ।
.._3nfYQq6Ev5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण