नेपाल टेलिकमको अफर : आकर्षक मूल्यमा भ्वाइस तथा डाटा प्याकेज
काठमाडौँ । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको विज्ञप्तिमार्फत जनाएको छ ।
यस अनुसार रु. १८ मा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध हुने छ भने रु. ३५ मा २ घण्टा सम्म प्रयोग गर्न सकिने अनलिमिटेड डाटा प्याक उपलब्ध हुने प्रवक्ता हरि ढकालको भनाइ छ । यी वाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् ।
नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक रु. ५९९ मा उपलब्ध हुनेछ ।
यस्तै नयाँ डाटा प्याकेज अन्तर्गत रु. २४ मा एक घण्टा भ्वाइस र डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी रु. २० मा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र रु. ८० मा ३ दिन सम्म चलाउन सकिने तथा रु. १०९ मा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक रु. ३९९ मा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको ढकालले जानकारी दिए ।
जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको पनि कम्पनीको भनाइ छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । स्प्रिङ अफर आजदेखि लागु भएको ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण