बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सर्कुलर

धर्म प्रचारमा संलग्न विदेशी नागरिकमाथि निगरानी गर्न गृह मन्त्रालयको सर्कुलर

शुक्रबार, ३० चैत २०८०, १६ : १६
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । धर्म प्रचार तथा धर्म परिवर्तनमा विदेशी नागरिकहरू संलग्न हुने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता नागरिकमाथि निगरानी गर्न देशभर सर्कुलर गरेको छ । चैत २५ मा मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले देशभरका जिल्ला प्रशासन कार्यालयमा त्यस्तो सर्कुलर गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

विभिन्न व्यक्ति र संस्थाहरूले गर्ने  सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरूमा विदेशी नागरिक सहभागी हुने गरेको र उनीहरूले गैर कानुनी रूपमा धर्मको प्रचार र परिवर्तन गराउने काममा सामेल हुँदै आएको गृह मन्त्रालयको निष्कर्ष छ । त्यस्ता कार्यक्रममा विना प्रवेशाज्ञा समेत हिँडडुल गर्ने गरेको भन्दै उनीहरूमाथि सूक्ष्म निगरानी बढाएर कानुनी कारबाही गर्न मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सर्कुलर गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप