आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन

शुक्रबार, ३० चैत २०८०, २१ : ५०
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । सरकारले रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा रसिया र युक्रेनमा जान चाहने नेपाली कामदारहरुका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देशहरुका सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुनसक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको जनाइएको छ ।

यसअघि फागुनमा सचिवस्तरिय निर्णय गरेर ती देशका लागि श्रम स्वीकृति खोलिएको थियो। त्यसअघि पुसमा श्रम स्वीकृति बन्द गरिएको थियो ।

sram

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप