वैदेशिक रोजगार
रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन
शुक्रबार, ३० चैत २०८०, २१ : ५०
काठमाडौँ । सरकारले रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरेको छ । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरी रसिया र युक्रेनको श्रम स्वीकृति स्थगन गरिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा रसिया र युक्रेनमा जान चाहने नेपाली कामदारहरुका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देशहरुका सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुनसक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको जनाइएको छ ।
यसअघि फागुनमा सचिवस्तरिय निर्णय गरेर ती देशका लागि श्रम स्वीकृति खोलिएको थियो। त्यसअघि पुसमा श्रम स्वीकृति बन्द गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण