बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वेस्ट बैंकमा किशोर बेपत्ता भएपछि हिंसात्मक झडप, एक प्यालेस्टाइनीको मृत्यु

शनिबार, ०१ वैशाख २०८१, १६ : ०७
शनिबार, ०१ वैशाख २०८१

वेस्ट बैंक । इजरायली अधिकारीहरूले बेपत्ता किशोरको खोजी गर्दा वेस्ट बैंकमा इजरायली बसोबास गर्नेहरू र प्यालेस्टिनीहरूबिच हिंसात्मक झडप भएको छ । झडपमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ र करिब २५ जना घाइते भएका छन्। 

बन्दुक र ढुंगासहित दर्जनौँ बसोबास गर्नेहरूले रामल्लाह नजिकैको एउटा गाउँमा आक्रमण गरेका थिए। यसपछि इजरायली सैनिकले हस्तक्षेप गरेर मामिला शान्त गराए । तर, बेपत्ता १४ वर्षीय किशोर बिन्यामिन अहिमेयर फेला पर्न सकेका छैनन् । किशोरको व्यापक खोजी भइरहेको छ । 

 एउटा छुट्टै घटनामा, इजरायली सेनाले वेस्ट बैंकमा बस्ने दुई प्यालेस्टिनीहरूलाई गोली हानेको थियो । उनीहरू दुवैको मृत्यु भयो। हमासले ती मध्ये एकलाई आफ्नो स्थानीय कमाण्डरको रूपमा वर्णन गरेको छ। 

इजरायली सेनाले आफ्ना सैनिकहरूसँगको गोली हानाहानमा मोहम्मद दरगामेहको मृत्यु भएको जनाएको छ। अक्टोबर ७ देखि जारी इजरायल र हमासबिचको युद्धका कारण वेस्ट बैंकमा पनि हिंसा बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप