वेस्ट बैंकमा किशोर बेपत्ता भएपछि हिंसात्मक झडप, एक प्यालेस्टाइनीको मृत्यु
वेस्ट बैंक । इजरायली अधिकारीहरूले बेपत्ता किशोरको खोजी गर्दा वेस्ट बैंकमा इजरायली बसोबास गर्नेहरू र प्यालेस्टिनीहरूबिच हिंसात्मक झडप भएको छ । झडपमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ र करिब २५ जना घाइते भएका छन्।
बन्दुक र ढुंगासहित दर्जनौँ बसोबास गर्नेहरूले रामल्लाह नजिकैको एउटा गाउँमा आक्रमण गरेका थिए। यसपछि इजरायली सैनिकले हस्तक्षेप गरेर मामिला शान्त गराए । तर, बेपत्ता १४ वर्षीय किशोर बिन्यामिन अहिमेयर फेला पर्न सकेका छैनन् । किशोरको व्यापक खोजी भइरहेको छ ।
एउटा छुट्टै घटनामा, इजरायली सेनाले वेस्ट बैंकमा बस्ने दुई प्यालेस्टिनीहरूलाई गोली हानेको थियो । उनीहरू दुवैको मृत्यु भयो। हमासले ती मध्ये एकलाई आफ्नो स्थानीय कमाण्डरको रूपमा वर्णन गरेको छ।
इजरायली सेनाले आफ्ना सैनिकहरूसँगको गोली हानाहानमा मोहम्मद दरगामेहको मृत्यु भएको जनाएको छ। अक्टोबर ७ देखि जारी इजरायल र हमासबिचको युद्धका कारण वेस्ट बैंकमा पनि हिंसा बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण