नेपालले छैटौँ विकेट गुमायो
शनिबार, ०१ वैशाख २०८१, १७ : ४१

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । गुल्सन झा मात्र ५ रन बनाएर आउट भएका हुन् ।
नेपालले १७ ओभरमा ६ विकेटको क्षतिमा १४९ रन बनाएको छ । नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।