शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटीको शानदार जित

शनिबार, ०१ वैशाख २०८१, २२ : २६
शनिबार, ०१ वैशाख २०८१

इतिहाद स्टेडियम । लुटन टाउनमाथि गोलवर्षा गर्दै म्यानचेस्टर सिटी कम्तीमा एक दिनका लागि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा सिटी ५–१ गोलले विजयी भएको हो ।

खेल सुरु भएको ६५ सेकेन्डमा नै आत्मघाती गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर, दोस्रो गोलका लागि टोलीले थप एक घण्टा पर्खनुपर्‍यो । माटेयो कोभाचिचले ६४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ७६ औँ मिनेटमा अर्लिङ हालान्डले पेनाल्टीबाट अर्को गोल थपे । 

८१ औँ मिनेटमा रोस बार्कलीले लुटनका लागि एक गोल फर्काए पनि डोकु र जोस्को ग्भार्डिओलले एक–एक गोल गर्दै टोलीलाई सहज जित दिलाए । जितपछि ३२ खेलबाट सिटीको ७३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आर्सनल र तेस्रो स्थानमा रहेको लिभरपुलको समान ७१ अङ्क छ । दुवै टोलीले एक खेल कम खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप