सिटीको शानदार जित
शनिबार, ०१ वैशाख २०८१, २२ : २६
इतिहाद स्टेडियम । लुटन टाउनमाथि गोलवर्षा गर्दै म्यानचेस्टर सिटी कम्तीमा एक दिनका लागि प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा सिटी ५–१ गोलले विजयी भएको हो ।
खेल सुरु भएको ६५ सेकेन्डमा नै आत्मघाती गोलमार्फत सिटीले अग्रता लिएको थियो । तर, दोस्रो गोलका लागि टोलीले थप एक घण्टा पर्खनुपर्यो । माटेयो कोभाचिचले ६४ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ७६ औँ मिनेटमा अर्लिङ हालान्डले पेनाल्टीबाट अर्को गोल थपे ।
८१ औँ मिनेटमा रोस बार्कलीले लुटनका लागि एक गोल फर्काए पनि डोकु र जोस्को ग्भार्डिओलले एक–एक गोल गर्दै टोलीलाई सहज जित दिलाए । जितपछि ३२ खेलबाट सिटीको ७३ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आर्सनल र तेस्रो स्थानमा रहेको लिभरपुलको समान ७१ अङ्क छ । दुवै टोलीले एक खेल कम खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण