राजदूतलाई बोलाएर हारगुहार गर्दैमा वैदेशिक लगानी भित्रिँदैन : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले तय गरेको लगानी सम्मेलनसम्बन्धी अवधारणामा नै असन्तुष्टि व्यक्त गरेका छन् । नेपालमा २ वटा लगानी सम्मेलन सम्पन्न भएर पनि वैदेशिक लगानी सहज ढङ्गले आउन नसक्नुमा पुरानै ढाँचाको विकास नीति जिम्मेवार रहेको डा. भट्टराईले बताएका हुन् ।
आइतबार काठमाडौँमा आयोजित नेपालको आर्थिक–सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले मन्त्रीहरूले राजदूतलाई बोलाएर हारगुहार गर्दैमा नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना नरहेको जिकिर गरे । उहाँले आधुनिक विकास नीति बनाएर मात्रै नेपालमा वैदेशिक लगानी भित्र्याउन सकिने तर्क गरे ।
पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘हामीले वर्षौँदेखि यो वैदेशिक लगानीको कुरा गरिराखेका छौँ । तर खासै प्रगति चाहिँ भइराखेको छैन । दुई दुई पटक लगानी सम्मेलनहरू भए । र अहिले पनि भइराखेको छ । र त्यो उहीँ ढाँचामा भइराखेको म देख्छु । राजदूतहरुलाई बोलाएर हाम्रा मन्त्रीहरूले तपाईंका देशका लगानी कर्ता, व्यवसायी, पुँजीपतिहरूलाई पठाइदिनुपर्यो भनेर हारगुहार गर्नुभएको छ । मलाई चाहिँ के लाग्छ भने नेपालमा लगानी नै आएको छैन । त्यसैले किन आएन भन्न स्वाभाविक नै हो । मेरो राजनीतिक अर्थशास्त्रमा थोरै रुचि राख्ने भएकाले नेपालमा किन लगानी आइराखेको छैन भन्ने विषयलाई समग्रतामा नै हेर्नुपर्ने हो कि । सबैले भन्दा पनि किन आइराखेको छैन, कहाँ चुकेका छौ हामी ? यसको अन्तर्यतिर बहस गर्नुपर्ने हो कि भन्ने मलाई लागेको छ ।’
पूर्वप्रधानमन्त्री भट्टराईले बहुराष्ट्रिय कम्पनीहरूलाई भित्र्याउने नीतिले पनि नेपालमा बाह्य लगानी बढाउने कुरामा समस्या थपिएको बताए । सरकारले यही वैशाखको १६ र १७ गते काठमाडौँमा तेस्रो लगानी सम्मेलनको आयोजना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण