कृषि तथा पशुपन्छी उत्पादनतर्फ जोन र सुपरजोन घोषणा
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि तथा पशुपन्छी उत्पादनतर्फ केही जोनलाई सुपरजोनमा स्तरोन्नति गरेको छ । यस्तै केही जोन घोषणा गरिएको छ । परियोजना अन्तर्गत ६ वटा जोनहरूलाई ५ वटा सुपरजोनमा स्तरोन्नति भएको हो ।
भोजपुर अलैँची जोन र संखुवासभा अलैँची जोनलाई अलैँची सुपरजोन स्तरोन्नति भएको छ । यस्तै, मोरङ धान जोनलाई धान सुपरजोन, सर्लाही मकै जोनलाई मकै सुपरजोन, चितवन केरा जोनलाई केरा सुपरजोन र नवलपरासी वर्दघाट सुस्ता पूर्व तरकारी जोनलाई तरकारी सुपरजोनमा स्तरोन्नति गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्री ज्वाला कुमारी साहको नेतृत्वमा गत चैत २१ गते बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना निर्देशक समिति बैठकले सो ६ वटा जोनहरूलाई ५ वटा सुपरजोनमा स्तरोन्नति गर्न सिफारिस गरेको हो । स्वीकृत परियोजनाले तीन सय वटा जोन बनाउने प्रस्ताव गरेको थियो ।
सो प्रस्तावलाई २०७३ पुस २६ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत पनि गरेको थियो । २०७७ साल असोज १ गते मन्त्रीस्तरीय निर्णयबाट मापदण्ड पूरा गरेकालाई जोन घोषणा गर्ने निर्णय भएको थियो ।
प्राविधिक समिति, जिल्ला तथा प्रदेश परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिले ६५ वटा जोन बनाउने सिफारिस गरेको थियो । त्यसमध्ये परियोजनामा गठित अध्ययन तथा छनोट समितिले ३५ वटा जोन विकास गर्ने निर्णय गरेको छ ।
परियोजनाको बैठकले पाँचथर, अर्घाखाँची र सल्यानलाई सुन्तला, इलाम र बागलुङलाई अलैँची, महोत्तरी, नवलपरासी (बर्दघाट सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट सुस्तापूर्व) लाई धान, उदयपुर, दाङ र धादिङलाई बाख्रा, सर्लाही, दैलेख, डोटी, बाँके, धनुषा र नुवाकोटलाई तरकारी जोनका रूपमा घोषणा गरेको छ ।
झापालाई तरकारी र माछा, रौतहट, कैलाली र चितवनलाई माछा, मोरङलाई मौरी, बारालाई केरा र तरकारी, सिराहा, बर्दिया र कास्कीलाई गाईभैँसी, पर्सालाई माछा जोनका रूपमा घोषणा गरेको छ । त्यस्तै मुस्ताङ, रुपन्देही र जुम्लालाई आलु, रुकुम पश्चिमलाई ओखर, जाजरकोटलाई दलहन, प्युठानलाई अदुवा, बेसार जोनका रूपमा घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण