शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रोहितको शतकका बाबजुद मुम्बई स्तब्ध

सोमबार, ०३ वैशाख २०८१, ०५ : ५४
सोमबार, ०३ वैशाख २०८१

वाङ्खडे । पूर्वकप्तान रोहित शर्माको शतकका बाबजुद मुम्बई इन्डियन्स चेन्नई सुपर किंग्ससँग २० रनले पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नईले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रनमात्र बनाउन सक्यो ।

शर्माले नटआउट रहेर १ सय ५ रन बनाउँदै टोलीका लागि जितको आधार तय गरे पनि अन्य ब्याटरले साथ नदिँदा टोली आफ्नै घरेलु मैदानमा निराश बन्न पुग्यो । उनले ६३ बलमा ११ चौका र ५ छक्का हिर्काए ।

matheesa pathirana

तिलक वर्माले २० बलमा ३१ रन तथा विकेटकिपर ईशान किसनले १५ बलमा २३ रन बनाउनुबाहेक अन्यले ठुलो योगदान दिन सकेनन् । प्लेयर अफ द म्याच मथिसा पथिरानाले घातक बलिङ गर्दै मुम्बईको इनिङ्स ध्वस्त पारे । उनले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । तुसार देशपाण्डे र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । टोलीका लागि कप्तान रुतुराज गैकवाडले सर्वाधिक ६९ रनको योगदान दिए । त्यस्तै शिवम दुवेले ३८ बलमा ६६ रनको शानदार इनिङ्स खेले ।

dhoni

रचिन रवीन्द्रले २१ रन तथा डेर्यल मिचेलले १७ रन बनाए । खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै ४ बलमा २० रन बनाए । उनले यस क्रममा ३ छक्का प्रहार गरेका थिए । मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले २ तथा जेराल्ड कोट्जी र श्रेयस गोपालले १–१ विकेट लिए । 

६ खेलपछि चौथो जित हासिल गर्दै चेन्नई ८ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ । उता चौथो हार बेहोरेको मुम्बई पुछारबाट तेस्रो स्थानमा सीमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप