वायुसेवा निगमले चैतमा तिर्यो ५३ करोड ९ लाख किस्ता
काठमाडौँ । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण बापत आर्थिक वर्षको चैतमा ५३ करोड ९ लाख ५५ हजार (सावाँ, ब्याज) तिरेको छ । अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोवडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ३४ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
सोही ऋणको नियमित किस्ता बापत निगमले पछिल्लो चैतमा ५३ अर्ब ९ करोड ५५ लाख २८१ रुपैयाँ भुक्तानी गरेको हो । योसँगै कूल ऋणको सावाँ ब्याज गरी हालसम्म निगमले दुई लगानी कोषलाई एकमुस्ट ५ अर्ब ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ भुक्तान गरेको छ ।
तथापि, कोभिड–१९ को समयमा बिजनेस डाउन हुँदा ऋणको सावाँ ब्याज किस्ता चलाउन नसक्दा निगमले लिएको ऋणको ब्याज र पेनाल्ट (जरिवाना) सहित ४८ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । यसको भुक्तानीमा निगमलाई निकै हम्मे हम्मे परिरहेको बेला सो समयको जरिवाना र ब्याज मिनाहा गरिदिन सरकारसँग माग गरिरहेको छ ।
‘विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवम् किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएका छौँ’ निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण