प्रदेशसभा सचिव पराजुलीको म्याद थप
सोमबार, ०३ वैशाख २०८१, १९ : ३२
विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीको म्याद थप भएको छ । उमेर हदको कारण उनी सो पदमा ३० महिना मात्रै काम गर्न पाउनेछन् ।
सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ९ गतेदेखि लागू हुने गरी पराजुलीलाई पुनःनियुक्त गरेका हुन् । पराजुलीको ५ वर्षे कार्यकाल आउँदो वैशाख ८ गते सकिने थियो । नेपालको संविधानको धारा १९५(१) बमोजिम सभामुख विष्टले उनलाई नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
२०७६ वैशाखमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएलगतै पराजुली प्रदेशसभा सचिवमा नियुक्त भएका थिए । प्रदेशसभा सचिवको पदावधि ५ वर्षको हुने कानुनी व्यवस्था छ । उमेर हदका कारण दोस्रो पटक नियुक्त भएका पराजुली अब थप ३० महिना सोही पदमा काम गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण