मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा सचिव पराजुलीको म्याद थप

सोमबार, ०३ वैशाख २०८१, १९ : ३२
सोमबार, ०३ वैशाख २०८१

विराटनगर । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीको म्याद थप भएको छ । उमेर हदको कारण उनी सो पदमा ३० महिना मात्रै काम गर्न पाउनेछन् । 

सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ९ गतेदेखि लागू हुने गरी पराजुलीलाई पुनःनियुक्त गरेका हुन् । पराजुलीको ५ वर्षे कार्यकाल आउँदो वैशाख ८ गते सकिने थियो । नेपालको संविधानको धारा १९५(१) बमोजिम सभामुख विष्टले उनलाई नियुक्तिका लागि सिफारिस गरेका हुन् । 

२०७६ वैशाखमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवबाट राजीनामा दिएलगतै पराजुली प्रदेशसभा सचिवमा नियुक्त भएका थिए । प्रदेशसभा सचिवको पदावधि ५ वर्षको हुने कानुनी व्यवस्था छ । उमेर हदका कारण दोस्रो पटक नियुक्त भएका पराजुली अब थप ३० महिना सोही पदमा काम गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप