नागढुङ्गा सुरुङ मार्गमार्फत नेपाल नयाँ युगमा प्रवेश गर्यो : उपप्रधानमन्त्री महासेठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल नागढुङ्गा सुरुङ मार्गमार्फत नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री महासेठले नागढुंगा सुरुङमार्ग नेपालको आधुनिक सुरुङमार्ग भएपनि दक्षिण एसियामा सबै भन्दा पहिला सुरुङमार्ग नेपालमा नै निर्माण भएको बताए । उनले हेटौँडामा अहिले पनि सुरक्षित रहेको सुरुङ मार्ग नेपालकै प्रविधिमा बनेको बताए । उनले सरकारले सडक मार्गको समय छोटो बनाउन र यात्रालाई सुरक्षित बनाउनको लागि सुरुङमार्गलाई प्राथमिकता दिएको उल्लेख गरे ।
उपप्रधानमन्त्री महासेठले नेपाली सेनाले निर्माण गरी रहेको काठमाडौँ तराई द्रुतमार्गमा पनि १० किलोमिटर सुरुङमार्ग निर्माण भइरहेको बताए । उनले सुरुङमार्ग निर्माणको निर्माण यातायातको लागि मात्रै नभएर अन्य विद्युत् तथा सिँचाइको लागि पनि प्रयोग हुन थालेको बताए । उनले सुनकोशी मरिण ड्राइभर्सन पनि ब्रिक थु्र हुनको लागि ७ सय मिटर मात्रै बाँकी रहेको बताए ।
उपप्रधानमन्त्री महासेठले सुरुङ मार्ग निर्माणमा एक महिना स्थानीयवासीहरुको कारण बन्द भएको भन्दै सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्ने बताए । उनले स्थानीयवासीका मागहरू खानेपानी व्यवस्थापन, सडकको व्यवस्थापन नेपाल सरकारले गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण