सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्डोनेसिया पहिरो जाँदा १८ को मृत्यु

मङ्गलबार, ०४ वैशाख २०८१, ०९ : ४८
मङ्गलबार, ०४ वैशाख २०८१

जकार्ता । हालैका दिनमा पाकिस्तान र अफगानिस्तानदेखि कजाकस्तान र रुससम्म भारी वर्षा र बाढीका कारण लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ । पहिरोका कारण ३३ जनाको मृत्यु भइसकेको छ । दक्षिण–पश्चिम कंगोमा १५ जनाको मृत्यु भएको छ भने ६० जना बेपत्ता छन् । 

यसैबीच इन्डोनेसियाको सुलावेसी टापुमा पहिरोमा पुरिएर डेढ दर्जन बढिकाेको मृत्यु भएको छ । उद्धार टोलीले १८ जनाको शव निकालेका छन् । उद्धारकर्मीहरूले मकाले गाउँको भग्नावशेषबाट १४ जनाको शव निकालेका थिए । दक्षिण मकालेमा चार जनाको शव निकालिएको छ । दुई जना अझै बेपत्ता भएको बताइएको छ ।

कङ्गोको इडियोफा शहर नजिकैको बन्दरगाहबाट केही टाढा पहिरो जाँदा पुरिएका सात जना उद्धारकर्मीहरूले जीवितै फेला परेका बताइएको छ । वर्षाका कारण कंगोमा बन्दरगाह नजिकको पहाडमा भुस्खलन भएको थियो । बाहिरबाट धेरै मानिस यहाँ घुम्न आएकाले अहिलेसम्म पनि बेपत्ताको यकिन संख्या बताउन अधिकारीहरुलाई गाह्रो भइरहेको छ ।

तान्जानियमा दुई साताको बाढीमा परी ५८ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गएको दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको छ । तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । यहाँका १ लाख २६ हजार ८३१ जना बाढीले प्रभावित भएको बताइएको छ । छिमेकी केन्यामा बाढीका कारण अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुवै देशका बाढीका कारण पूर्वाधारमा धेरै क्षति पुगेको छ ।

कजाकिस्तानमा १ लाख ८ हजार र रुसको कुर्गनमा १३ हजार विस्थापित

रुसको कुर्गन क्षेत्रमा बाढीका कारण करिब १३ हजार मानिस विस्ताथपित भएको रुसको क्षेत्रीय सरकारले सोमबार बनाएको छ । भर्खरै आएको भीषण बाढीका कारण यी मानिसहरू यस क्षेत्रमा अलपत्र परेका थिए । कजाकिस्तानमा बाढीका कारण १ लाख ८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यहाँका करिब ५ हजार घर अझै पनि बाढीमा डुबेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप