गण्डकीमा विशेष अधिवेशन बोलाउने सरकारको निर्णय, मिति मुख्यमन्त्रीले तोक्ने

पोखरा । गण्डकीमा विशेष अधिवेशन बोलाउने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले १० गतेअघि नै बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो । तर मिति भने तोकिएको छैन ।
सरकारका प्रवक्ता हरिबहादुर चुमानले बैठक बोलाउने निर्णय भएको बताए । ‘मिति मुख्यमन्त्री ज्यूले प्रदेश प्रमुखसँग सल्लाह गरेर तोक्नुहुन्छ । सम्भवतः १० गतेअघि नै बैठक आह्वान हुन्छ,’ उनले भने । उनका अनुसार आजै प्रदेश प्रमुखलाई मन्त्रीपरिषद्को बैठकको निर्णय पठाइन्छ ।
‘सिफारिस आजै जान्छ । जे होस् अधिवेशन आह्वान गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अरू सबै अधिकार मुख्यमन्त्रीलाई दिइएको छ ।’ विशेष अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मतको प्रस्ताव राख्नेछन् । मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको पूर्ण पेसी अघि नै विश्वासको मत लिन लागेका हुन् ।
उनको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै काँग्रेसका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका छन् । रिट उपर सर्वोच्चले ७ गतेभित्र लिखित कारण पेस गर्न आदेश दिएको छ भने १० गते पूर्ण पेसीको मिति तोकेको छ ।
मुद्दाको किनारा नलाग्दासम्म दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न सर्वोच्चले गरेको आदेशलाई अधिकारीले लत्त्याएर विश्वासको मत लिन लागेका हुन् । मंगलबारको बैठकले प्रेस संयोजक नियुक्त गर्ने निर्णय पनि गरेको छ । राजाराम पौडेललाई मुख्यमन्त्रीको प्रेस संयोजक नियुक्त गर्ने निर्णय भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत