मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

धरानमा गुञ्जिँदै कन्दरा

मङ्गलबार, ०४ वैशाख २०८१, १० : ३९
मङ्गलबार, ०४ वैशाख २०८१

धरान । नयाँ वर्ष २०८१ को अवसर पारी आगामी वैशाख ८ गते शनिबार धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअप सहित ‘कन्दरा लाइभ इन धरान’ साङ्गीतिक कार्यक्रम मार्फत धरानमा आफ्नो प्रस्तुति दिँदैछन्।

६ वर्ष अघि धरानसँगै दमक र बिर्तामोडमा भव्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ। यो टिम जुटेसँगै कन्दराले ‘बिचरा म’ बोलको गीत सार्वजनिक गरिसकेको छ भने गत पौष २७ गते पोखरामा भव्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशल प्रदर्शन गरिसकेको छ ।

सातै प्रदेशको मुख्य सहरहरूमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरूप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट रहेको छ । यसपछि चितवन, सुर्खेत, नेपालगन्ज, बुटवल , जनकपुर , काठमाडौँ लगायतका प्रमुख सहरहरूसँगै नेपालका कुना-कन्दरा लगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको कन्दराका मुख्य खम्बा तथा गायक विवेक श्रेष्ठले बताए।

 ‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन ’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘बिदेसिएर गइन् उनी’ "भेँडीगोठैमा , प्रियसीको कल्पनामा विश्वासको दियो लगायतका थुप्रै पुराना चर्चित गीतहरू सँगै नयाँ गीत ‘बिचरा म ’ लगायतका गीतहरू कन्दरा लाइभ इन धरान- कन्सर्टको पुरा समय कन्दरा ब्यान्डले पस्केर धराने दर्शकहरूलाई मनोरञ्जन दिनेछन्।

यसअघि ६ वर्ष अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा धरानको दर्शकहरूको पुरै साथ पाएकोले पनि आफ्नो नयाँ टिमअप सहितको कन्दराले पोखरा पछि धरानमा नै कन्सर्ट गर्न रोजेको सहर हो। कन्दरा ब्यान्डले २६ वर्ष अघि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको छ । कन्सर्टको साउण्ड, लाइट , स्टेज तथा एलईडीको व्यवस्थापन पूर्वमा नै नाम कहलिएको सुन्दर साउण्ड सर्भिसले गर्दैछ। धरानमा अहिले सम्मकै भव्य र सभ्य कन्सर्टको रूपमा आयोजनाको तयारी भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप