मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री श्वेताले सुरु गरिन् मेटल व्यवसाय

मङ्गलबार, ०४ वैशाख २०८१, १२ : १०
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले नयाँ व्यवसाय सुरु गरेकी छन् । उनले भुदेवी स्टिल नामबाट नयाँ मेटल व्यवसाय सुरु गरेकी हुन् ।

भरतपुर आनन्द नगर रहेको पुरानो भगवत मेटललाई उनले नयाँ नाम भुदेवी स्टिलबाट सञ्चालनमा ल्याएकी हुन् । भुदेवी स्टिलको सोमबार श्रीमद भागवत एक्का पाठ गर्दै विधिवत सुरुवात गरिएको छ ।

श्वेताले परिवारसँगको सहकार्यमा भुदेवी स्टिल सञ्चालनमा ल्याएकी हुन् । भुदेवी स्टिलबाट मेटलका झ्याल ढोका, रोडक्रस ब्यारिफ लगायत बिभिन्न सामाग्री उत्पादन हुनेछ । 

भुदेवी स्टिलबाट आफूले अहिले करिब ३०० स्कुलको काम गरिरहेको श्वेताले बताइन् । भुदेवी स्टिलको अहिले औपचारिक सुरु गरे पनि केही समयपछि प्रेममिट मार्फत सबैमा जानकारी दिने योजना रहेको उनले बताइन् । 

श्वेता नेपाली चलचित्रकी अभिनेत्री, निर्माता हुन् । फिल्म ‘कहाँ भेटिएल’बाट अभिनयमा डेब्यु गरेकी श्वेताले ‘हाँसिदेऊ एकफेर’, ‘श्रीमान् श्रीमती’, ‘कान्छी’ नामक फिल्म अभिनय गरेकी छन् ।

‘कान्छी’ उनले निर्माण गरेको फिल्म हो । काठमाडौँमा केही स्थानमा कफीसप समेत सञ्चालनमा ल्याएकी श्वेता पछिल्लो समय अभिनयबाट टाढा रहँदै आएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप