अभिनेत्री श्वेताले सुरु गरिन् मेटल व्यवसाय
काठमाडौँ । अभिनेत्री श्वेता खड्काले नयाँ व्यवसाय सुरु गरेकी छन् । उनले भुदेवी स्टिल नामबाट नयाँ मेटल व्यवसाय सुरु गरेकी हुन् ।
भरतपुर आनन्द नगर रहेको पुरानो भगवत मेटललाई उनले नयाँ नाम भुदेवी स्टिलबाट सञ्चालनमा ल्याएकी हुन् । भुदेवी स्टिलको सोमबार श्रीमद भागवत एक्का पाठ गर्दै विधिवत सुरुवात गरिएको छ ।
श्वेताले परिवारसँगको सहकार्यमा भुदेवी स्टिल सञ्चालनमा ल्याएकी हुन् । भुदेवी स्टिलबाट मेटलका झ्याल ढोका, रोडक्रस ब्यारिफ लगायत बिभिन्न सामाग्री उत्पादन हुनेछ ।
भुदेवी स्टिलबाट आफूले अहिले करिब ३०० स्कुलको काम गरिरहेको श्वेताले बताइन् । भुदेवी स्टिलको अहिले औपचारिक सुरु गरे पनि केही समयपछि प्रेममिट मार्फत सबैमा जानकारी दिने योजना रहेको उनले बताइन् ।
श्वेता नेपाली चलचित्रकी अभिनेत्री, निर्माता हुन् । फिल्म ‘कहाँ भेटिएल’बाट अभिनयमा डेब्यु गरेकी श्वेताले ‘हाँसिदेऊ एकफेर’, ‘श्रीमान् श्रीमती’, ‘कान्छी’ नामक फिल्म अभिनय गरेकी छन् ।
‘कान्छी’ उनले निर्माण गरेको फिल्म हो । काठमाडौँमा केही स्थानमा कफीसप समेत सञ्चालनमा ल्याएकी श्वेता पछिल्लो समय अभिनयबाट टाढा रहँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण