अपेक्षा गरिएभन्दा धेरैले बढ्यो चीनको अर्थतन्त्र
बेइजिङ । यो वर्षको सुरुमा चीनको अर्थतन्त्र अपेक्षा गरिएभन्दा धेरैले बढेको छ । घरजग्गा बजारमा सङ्कट गहिरिँदै गइरहेको भएपनि आर्थिक वृद्धिदर अनुमान गरिएको स्तरभन्दा माथि उक्लिएको हो । सरकारी तथ्यांकअनुसार गएको वर्षको सोही अवधिको तुलनामा यो वर्षको पहिलो त्रैमासमा अर्थतन्त्र ५ दशमलव ३ प्रतिशतले बढेको छ ।
मार्च त्रैमासमा अर्थतन्त्र ४ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले गरेको जनमत सर्वेक्षणले देखाएको थियो । गएको वर्षको पहिलो त्रैमासमा भने चिनियाँ अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले बढेको थियो । चीन सरकारले गएको महिना यस वर्षको लागि करिब ५ प्रतिशतको महत्त्वाकाङ्क्षी आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो । पछिल्लो तथ्याङ्कले सरकारको प्रक्षेपण पूरा हुने आशा जगाएको छ ।
पहिलो त्रैमासमा खुद्रा विक्री ३ दशमलव १ प्रतिशतमा घटेको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस)को तथ्याङ्कले देखाएको छ । समीक्षा अवधिमा घरजग्गा बजारमा लगानी भने साढे ९ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । चीनको अर्थतन्त्रमा घरजग्गा बजारको अनुपात करिब २० प्रतिशत छ । तर लामो समयदेखि यो क्षेत्र सङ्कटमा फसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण