मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम पुगेका शेखरलाई धर्मगुरु आत्मनन्द लिङ्देनको आशीर्वाद

मङ्गलबार, ०४ वैशाख २०८१, १४ : ३८
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन् । उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुगेका कोइरालाले मंगलबार माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेका हुन् । 

कोइरालासँगको भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए ।

लिङ्देनले शेखरलाई कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला ३ पटक आफूलाई भेट्न आएको स्मरण गरेका थिए । ‘गिरिजाप्रसाद कोइरालापछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईँले निकै राम्रो भूमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु,’ लिङ्देनको भनाइ थियो ।

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबै भन्दामाथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए ।

कोइरालाले अहिलेको बेतिथि हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप