इलाम पुगेका शेखरलाई धर्मगुरु आत्मनन्द लिङ्देनको आशीर्वाद
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन् । उपनिर्वाचनको प्रचारका लागि इलाम–२ पुगेका कोइरालाले मंगलबार माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेका हुन् ।
कोइरालासँगको भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरेका थिए ।
लिङ्देनले शेखरलाई कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइराला ३ पटक आफूलाई भेट्न आएको स्मरण गरेका थिए । ‘गिरिजाप्रसाद कोइरालापछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईँले निकै राम्रो भूमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु,’ लिङ्देनको भनाइ थियो ।
जवाफमा नेता कोइरालाले आफू यतिबेला सबै भन्दामाथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए ।
कोइरालाले अहिलेको बेतिथि हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण