बेलायतमा बढ्यो बेरोजगारी दर

लन्डन । बेलायतमा बेरोजगारी दर बढेको छ । तलब वृद्धि सुस्त भएकै समयमा बेरोजगारी दर बढेको मंगलबार सार्वजनिक भएको सरकारी तथ्यांकले देखाएको छ । यसले ब्याजदर कटौतीको सम्भावना खुला राखेको विश्लेषण गर्न लागिएको छ ।
फेब्रुअरीमा सकिएको तीन महिनामा बेरोजगारी दर ४ दशमलव २ प्रतिशतमा उक्लिएको छ । जनवरीसम्मको तीन महिनामा यो दर ३ दशमलव ९ प्रतिशत रहेको एक विज्ञप्तिमा राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले भनेको छ । रोजगारी बजार सुस्ताउन थालेको मोटामोटी संकेत मिलिरहेको ओएनएसमा आर्थिक तथ्यांक निर्देशक लिज म्याक्क्वीन भन्छन् ।
समीक्षा अवधिमा बोनस बाहेकको नियमित तलब वृद्धि अघिल्लो महिनाको ६ दशमलव १ प्रतिशतबाट घटेर ६ प्रतिशतमा ओर्लिएको छ । बेलायतको वार्षिक मुद्रास्फीतिसँगको समायोजनपछि भने वास्तविक तलब २ दशमलव १ प्रतिशतले बढेको छ । फेब्रुअरीमा त्यहाँको मुद्रास्फीति करिब साढे २ वर्षयताकै न्यून स्तरमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ जना नयाँ इन्सपेक्टरको पदस्थापन, काे कहाँ ? (सूचीसहित)
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव