बेलायतमा बढ्यो बेरोजगारी दर
लन्डन । बेलायतमा बेरोजगारी दर बढेको छ । तलब वृद्धि सुस्त भएकै समयमा बेरोजगारी दर बढेको मंगलबार सार्वजनिक भएको सरकारी तथ्यांकले देखाएको छ । यसले ब्याजदर कटौतीको सम्भावना खुला राखेको विश्लेषण गर्न लागिएको छ ।
फेब्रुअरीमा सकिएको तीन महिनामा बेरोजगारी दर ४ दशमलव २ प्रतिशतमा उक्लिएको छ । जनवरीसम्मको तीन महिनामा यो दर ३ दशमलव ९ प्रतिशत रहेको एक विज्ञप्तिमा राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस)ले भनेको छ । रोजगारी बजार सुस्ताउन थालेको मोटामोटी संकेत मिलिरहेको ओएनएसमा आर्थिक तथ्यांक निर्देशक लिज म्याक्क्वीन भन्छन् ।
समीक्षा अवधिमा बोनस बाहेकको नियमित तलब वृद्धि अघिल्लो महिनाको ६ दशमलव १ प्रतिशतबाट घटेर ६ प्रतिशतमा ओर्लिएको छ । बेलायतको वार्षिक मुद्रास्फीतिसँगको समायोजनपछि भने वास्तविक तलब २ दशमलव १ प्रतिशतले बढेको छ । फेब्रुअरीमा त्यहाँको मुद्रास्फीति करिब साढे २ वर्षयताकै न्यून स्तरमा झरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण