प्रदेश प्रमुखको निर्णयविरुद्ध लक्ष्मण किशोर चौधरी अदालत जाने
धनगढी । मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मण किशोर चौधरीले प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत जाने बताएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले दाबीलाई रद्द गरेपछि न्यायको लागि अदालत जाने चौधरीले बताएका हुन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले प्रदेश प्रमुखले कानुनविपरीत सरकार निर्माणको समय लम्ब्याएको प्रति पनि आपत्ति जनाए । उनले भने, ‘त्यसको नैतिक जिम्मेवारी उहाँले लिनुपर्छ ।’
सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख नजिर मियाले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण