एकीकृत समाजवादीले नैतिकता देखाउन सकेन : शाह
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नाजिर मियाँले आफ्नो कदम नसच्याए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश प्रमुख मियाँले अभिभावकत्व ग्रहण गर्न जरुरी रहेको समेत बताए ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै शाहले पार्टीले राजनीतिक नैतिकता देखाउन नसकेको बताए । एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण