मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले नैतिकता देखाउन सकेन : शाह

मङ्गलबार, ०४ वैशाख २०८१, १८ : ५०
मङ्गलबार, ०४ वैशाख २०८१

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख नाजिर मियाँले आफ्नो कदम नसच्याए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश प्रमुख मियाँले अभिभावकत्व ग्रहण गर्न जरुरी रहेको समेत बताए ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीप्रति लक्षित गर्दै शाहले पार्टीले राजनीतिक नैतिकता देखाउन नसकेको बताए । एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । 

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप