उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिबद्ध भई लाग्नुपर्ने समय आएको छ : मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी तथा विदेशी लगानी अभिवृद्धिमार्फत समृद्ध नेपाल निर्माणमा मन्त्रालय उद्योग वाणिज्य क्षेत्रको योगदान बढाउन प्रतिबद्ध भई लाग्नुपर्ने समय आएको बताएका छन् ।
मंगलबार परिसंघको २१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सङ्घीयता अनुकूलका नीतिगत कानुनी एवं संस्थागत व्यवस्था गर्दै तीन तहको सङ्घीयता शासन प्रणालीमा उद्योग तथा व्यापार क्षेत्रलाई थप व्यवस्थित तथा सहजीकरण गर्न सरकार क्रियाशील रहेको बताएका हुन् ।
उनले सरकारले लगानी सम्मेलनको तयारी गरिरहेको र वैदेशिक लगानीलाई आकर्षित गर्न सरकारले करिब एक दर्जन ऐनको परिमार्जन गर्ने कार्य अन्तिम चरणमा पुर्याएको जानकारी दिए । उनले भने, ‘राष्ट्रिय हितलाई केन्द्रमा राख्दै दुई पक्षीय लगानी प्रवर्द्धनका लागि सरकारले हालै पीआईआईको नमुना ढाँचा स्वीकृत गरेको छ । व्यापार तथा लगानीको क्षेत्र अत्यन्त गतिशील छ । इ कमर्स, डिजिटल व्यापार तथा सूचना प्रविधिको उच्चतम प्रयोगसहित आर्थिक गतिविधिलाई लागतप्रभावी, प्रतिस्पर्धी र सहज बनाउन सरकारले उच्च महत्त्व दिएको छ ।’
मन्त्री भण्डारीले नेपालका हिमाल, पहाड र तराईको प्राकृतिक साधन, खानी तथा खनिजजन्य श्रोतको उपयोग गर्न अब ढिलाइ गर्ने छुट नरहेको बताए । उनले कच्चा पदार्थ, सीप तथा कौशलको प्रयोग गर्दै विदेशी लगानीको प्रवर्द्धन तथा प्रविधि हस्तान्तरणको वातावरण विकास गरी विभिन्न वस्तु तथा सेवाको मूल्य शृङ्खला विकास गर्नु आजको अनिवार्य आवश्यकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण