सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

‘सिरानीको साथी’मा दिक्पाल र सेजलको रोमान्स

मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । गायक वसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ ।

गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पिडा व्यक्त छ । गीतले बिदेसिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ । गीतको संगीत संयोजन अशोक कुमार राइले गरेका हुन् ।

गीतको भिडियोमा दिक्पाल कार्की र सेजल कफियाको अभिनय छ । दिक्पाल र सेजल भिडियोमा श्रीमान् श्रीमतीको रूपमा देखिएका छन् ।

अमृत सुनुवारको छायांकन, शौखिन तिमल्सिनाको सम्पादन रहेको भिडियोका सहायक निर्देशक सम्यक अधिकारी हुन् । भिडियोका निर्देशक समन अधिकारी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया