गोरखापत्र र नेपाल टेलिभिजनका अध्यक्षलाई पदमुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश नहकुल सुवेदी र साराङ्गा सुवेदीको संयुक्त इजालसले मंगलबार यस्तो आदेश दिएको हो । मन्त्रीपरिषद्को निर्णयको आधारमा पदमुक्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधिएपछि सुवेदी र शाह सर्वोच्चमा उपयुक्त आदेशको माग गर्दै रिट दायर गर्न पुगेका थिए । दुवैलाई सात दिने स्पष्टीकरण सोधिएको थियो ।
दुवै जनाको चार वर्षको पदावधि समाप्त नहुँदासम्म पदबाट हटाउने कुनै पनि काम कारबाही नगर्नका लागि सरकारको नाममा अन्तरिम आदेश जारी भएको छ ।
सुवेदी र शाहका पक्षबाट पूर्व कानुनमन्त्रीसमेत रहेको वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, वरिष्ठ अधिवक्ता डा विजय मिश्र, पूर्वमहान्यायाधिवक्ता समेत रहेका अधिवक्ता खम्ब खातीलगायतले बहस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
-
पूर्व गोर्खा मेजर खत्रीलाई राजा चार्ल्स तृतीयद्वारा एमबीई पदक प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण