हिन्दु धर्मावलम्बीले आज रामनवमी मनाउँदै
बुधबार, ०५ वैशाख २०८१, ०६ : १३

काठमाडौँ । आज देश विदेशमा रामनवमी पर्व मनाइँदैछ । हिन्दु धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गर्छन्। हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।
भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दु धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो ।
“मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ”, उनले भने, “पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल मन्दिर जग्गा प्रकरण: ठगी कसुरमा मुद्दा, ६० करोड ३९ लाख बिगो माग
-
सिपयुक्त जनशक्ति उत्पादन सरकारकाे प्राथमिकतामा : श्रममन्त्री
-
आपराधिक विश्वासघात गरी ठगी गर्ने पक्राउ, यसरी गरेका थिए ठगी
-
सरकारसँग किन रिसायो कांग्रेस ?
-
न्याय परिषद् नियमावली संशोधनविरूद्धको रिटमा सर्वोच्चले मगायो पुरानो मुद्दाको मिसिल
-
‘अपरेसन सिन्दूर’ बारे भारतीय विदेश सचिवले के भने ?