मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’

बुधबार, ०५ वैशाख २०८१, ०९ : १९
बुधबार, ०५ वैशाख २०८१

न्यूयोर्क । अमेरिकाको सानफ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय सङ्घ संस्थाहरुको संयुक्त आयोजनामा नेपालडे परेडको आयोजना गरिएको छ ।

परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी, खेलकुद प्रतियोगिता, नृत्यसहितका आकर्षक कार्यक्रमको आयोजना गरिएको र परेडले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याएको एनआरएनए अभियन्ता दीक्षा बस्नेतले जानकारी दिइन । सानफ्रान्सिस्को सहरमा यसअघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो ।

परेडमा  क्यालिफोर्नियाको संघसंस्थाहरु आफ्नो ब्यानरसहित उपस्थित थिए । नेपाली पोसाक र नेपाली झण्डामा उपस्थित सयौँ नेपालीहरूले नेपालको पर्यटन प्रवर्द्धन हुनेगरी सामग्रीहरू प्रदर्शन गरेका थिए । परेडले नेपाली समुदाय र क्यालिफोर्निया राज्य सरकारसँगको सम्बन्धमा थप घनिष्ठता बढेको आयोजकले दाबी गरेको छ ।

amrica pared

IMG_0058IMG_0197IMG_0202

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप