अमेरिकाको सानफ्रान्सिस्कोमा ‘नेपाल डे परेड’
न्यूयोर्क । अमेरिकाको सानफ्रान्सिस्को सहरमा ‘नेपाल डे परेड २०२४’को आयोजना गरिएको छ । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, वेष्ट रिजन कमिटी, नेपाल आदिवासी जनजाति महासंघ, क्यालिफोर्नियालगायत क्यालिफोर्नियाका सक्रिय सङ्घ संस्थाहरुको संयुक्त आयोजनामा नेपालडे परेडको आयोजना गरिएको छ ।
परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी, खेलकुद प्रतियोगिता, नृत्यसहितका आकर्षक कार्यक्रमको आयोजना गरिएको र परेडले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएको एनआरएनए अभियन्ता दीक्षा बस्नेतले जानकारी दिइन । सानफ्रान्सिस्को सहरमा यसअघि पनि नेपाल डे परेड आयोजना गरिएको थियो ।
परेडमा क्यालिफोर्नियाको संघसंस्थाहरु आफ्नो ब्यानरसहित उपस्थित थिए । नेपाली पोसाक र नेपाली झण्डामा उपस्थित सयौँ नेपालीहरूले नेपालको पर्यटन प्रवर्द्धन हुनेगरी सामग्रीहरू प्रदर्शन गरेका थिए । परेडले नेपाली समुदाय र क्यालिफोर्निया राज्य सरकारसँगको सम्बन्धमा थप घनिष्ठता बढेको आयोजकले दाबी गरेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण