मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय

पक्राउ परेका ३ जना रिहा
बुधबार, ०५ वैशाख २०८१, १४ : २५
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणको मुद्दा नचल्ने निर्णय गरिएको छ । सीआईबीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा नचल्ने निर्णय गरेको हो ।

सो निर्णयसँगै सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएका ३ जना छुटेका छन् । नयाँ कृषि सहकारी संस्थाका उपाध्यक्ष लिलाबहादुर गुरुङ, कोषाध्यक्ष रामहरि अधिकारी र नविन अछामीलाई थुनामुक्त गरिएको सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । ज्ञवालीले भने–‘सरकारी वकिल का र्यालयको निर्णयपछि पक्राउ गरिएकाहरु रिहा भएका छन् ।’

सीआईबीले चैत १८ मा रामहरि अधिकारीलाई र त्यसपछि थप दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जाहेरवालाको रकम फिर्ता गरेपछि उनीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको एआईजी ज्ञवालीले बताए ।

नयाँ कृषिको सञ्चालक समितिका सदस्य दुर्गा चापागाईं बुटवलमा थुनामा छन् । सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका उनलाई सीआईबीले काठमाडौँमा झिकाएर बयान लिएको थियो । सहकारी विभागले गत असोजमा सो सहकारीबारे अनुसन्धान गर्न सीआईबीलाई पत्राचार गरेको थियो । 

कृषि सहकारी खरिद गरेर एकलौटी बनाएका जीबी (गितेन्द्रबाबु) राई अहिले फरार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप