जीबी राई मलेसियामा लुकेको आशंका
काठमाडौँ । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल’बाट डिफ्युजन नोटिश जारी भएसँगै प्रहरी उनको निकट पुगेको छ । नेपाल प्रहरीको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले जीबी लुकेको हुनसक्ने मुलुकको प्रहरी संगठनसँग समन्वय गरिरहेको छ ।
जीबी मलेशियामा लुकेको आकलन गरिएको छ । प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृत भन्छन्,‘मलेशियामा लुकेको आशंकामा इन्टरपोलसँग समन्वय भइरहेको छ ।’
अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न ईन्टरपोल मार्फत डिफ्युजन नोटिश जारी गरिन्छ । डिफ्युजनको आधारमा जीबीलाई ईन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ ।
जीबी राईको समूहले हिनामिना गरेको रकमबारे अनुसन्धान गर्न प्रहरीले माघ २४ मा पूर्व डीआईजी छबिलाल जोशीको घरमा संचालित नेचर हब इन्टरनेशनल प्रालिको अफिसमा छापा मारेको थियो ।
शंखमुलस्थित जोशीको घरबाट बरामद सुर्यदर्शन सहकारीको मुख्य सफ्टवेयरको सर्भरमा करिब १० अर्बको हिसाब भेटिएको छ । पोखरास्थित सुर्यदर्शन सहकारी घोटालाबारे अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकृत भन्छन्,‘उनीहरुको समूहले घोटाला गरेको अन्य सहकारीको हिसाब पनि सफ्टवेयरमा फेला परेको छ ।’
प्रहरीले अनुसन्धान शुरु गरेपछि आरोपीहरुले काठमाडौँमा ल्याएर सफ्टवेयर लुकाएर राखेको थाहा भएको छ ।
गितेन्द्रबाबु (जिबी) राईको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति रवि लामिछानेले पनि बिनाधितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।
बुटवलस्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगञ्जको सानो पाइला सहकारीबाट पनि आरोपीहरुले बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोप छ । स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँमा झिकाएर अनुसन्धान गरिरहेको छ । जीबीको समूहले सहकारीको रकम अनधिकृत रुपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण