मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
रोमको दर्दनाक इतिहास

उथलपुथलमा रोमको दर्दनाक इतिहास : मालिकले दासलाई सिक्रीले बाँध्थे, कुट्थे र चाहँदा मार्थे

बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कले रातोपाटी टिभीमार्फत कार्यक्रम  ‘उथलपुथल’ सुरु गरेको छ । अबदेखि हरेक बुधबार साँझ ६ बजे यो कार्यक्रम प्रसारण हुनेछ ।

विश्वमा भएका राजनीतिक आन्दोलन र सङ्घर्षका गहिरो अनुसन्धान गरी तयार पारिएको कार्यक्रम २० देखि ३० मिनेटको हुनेछ ।

सकेसम्म धेरै ग्राफिक्स प्रयोग गरी कार्यक्रमलाई आकर्षक र रोचक बनाइएको छ । उत्कृष्ट स्क्रिप्ट, टेलिभिजनमा परिचित होस्टका कारण कार्यक्रम राजनीतिमा प्रत्यक्ष र अप्रत्यक्ष सरोकार राख्ने स्वदेश र विदेशमा रहेका नेपालीका लागि रुचिकर हुने विश्वास नेटवर्कले लिएको छ ।

उथलपुथलकारी सङ्घर्ष सम्बन्धी राजनीतिक कार्यक्रम भिडियो शृङ्खलामा विश्व क्रान्तिको इतिहास मिहिन ढङ्गले खोतल्ने प्रयास गरिएको छ । राजनीतिक, आर्थिक, सामाजिक र सैन्यपुरमा परिवर्तनशील विश्वलाई देखाउने र बुझाउन यो कार्यक्रम ल्याइएको नेटवर्कले जनाएको छ ।

रोममा दासहरूले गरेको इतिहासकै पहिलो विद्रोह, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, राजालाई फाँसी दिने बेलायती क्रान्ति, रुसको अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिलगायत विश्व राजनीति इतिहासका महत्त्वपूर्ण १२ वटा ठुला क्रान्ति र सङ्घर्षहरूको नालीबेली बताउने गरी कार्यक्रम सुरु गरिएको नेटवर्कले जानकारी दिएको छ ।

उथपपुथलको पहिलो श्रृङ्खलामा 'रोमको दर्दनाक इतिहास : मालिकले दासलाई सिक्रीले बाँध्थे, कुट्थे र चाहँदा मार्थे' शीर्षकको सामग्री प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया