बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ

बुधबार, ०६ साउन २०८३, १४ : ०१
बुधबार, ०६ साउन २०८३

सारांश

  • लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मोरङको रंगेलीबाट खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भारतको अररिया जिल्लाका मोहम्मद मुन्ना र मोहम्मद मुकुल रहेका छन् ।
  • प्रहरीले उनीहरूको साथबाट १०१ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले मोरङको रंगेलीबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया जिल्ला बौकाहा मझरा घर भएका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल छन् । 

बुधबार ब्युरोको शाखा कार्यालय विराटनगरबाट खटिएको टोलीले उनीहरूलाई रंगेली नगरपालिका–७ बाट पक्राउ गरेको ब्युरोका डीएसपी जीवन निरौलाले रातोपाटीलाई बताए । आरोपीहरूको साथबाट प्रहरीले १०१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । ब्युरोले आरोपीहरूलाई थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप