प्रधान सेनापति शर्मा र भारतीय लेफ्टिनेन्ट जनरल नायरबिच भेटघाट
बुधबार, ०५ वैशाख २०८१, १९ : ५९
काठमाडौँ । भारतीय लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । भेटका क्रममा द्विपक्षीय सैनिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।
जनरल नायरको भ्रमणका क्रममा भएको यो छलफलले दुई मुलुकबिचको सैन्य सम्पर्कलाई थप बलियो र सुदृढ बनाउने विश्वास लिइएको छ ।
दुवै देशका सेनाहरूबिच लामो समयदेखि नै राम्रो सम्बन्ध रहिआएको छ भने जंगी अड्डामा भएको यो भेटले उक्त सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ ।
भारतीय लेफ्टिनेन्ट जनरल नायर ३ दिनअघि नै स्वदेश फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण