बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्यान्डको राजधानी एम्स्टर्डममा नयाँ होटल बनाउन रोक

बिहीबार, ०६ वैशाख २०८१, १० : १७
बिहीबार, ०६ वैशाख २०८१

एम्स्टर्डम । नेदरल्यान्डको राजधानी एम्स्टर्डमले नयाँ होटल बनाउन नदिने भएको छ । पर्यटकहरूको आगमन थेग्नै नसक्ने भएपछि सो समस्या कम गर्न यो उपाय अपनाइएको हो । आफूहरूले सहरलाई स्थानीय बासिन्दा र आगन्तुकका लागि बस्न योग्य बनाउन चाहेको विज्ञप्तिमा भनिएको छ ।

यसको अर्थ ओभरटूरिजम गरिने छैन, नयाँ होटल बन्ने छैन भने बर्सेनि होटलमा पर्यटकहरूको रात बसाई २ करोडभन्दा बढी हुन नहुने बताइएको छ । सहरमा अर्को कुनै होटल बन्द भयो भने मात्रै नयाँ होटल खोल्न वा बनाउन दिइनेछ । यो नियम निर्माणको अनुमति पाइसकेका नयाँ होटलमा लागू नहुने बताइएको छ । पर्यटकको सङ्ख्या सीमित बनाउन सहर सक्रिय रूपमा लागिरहेको थियो ।

विशेषगरी रेड लाइट क्षेत्रमा यौन र लागू औषधसम्बन्धि पयर्टनलाई निरुत्साहित गर्न खोजिएको छ । सहरमा थेग्नै नसक्ने पर्यटन गतिविधि रोक्न एम्स्टर्डमले हालैका वर्षमा अनेकौँ उपायहरू अपनाइरहेको छ । पछिल्लो उपाय पनि यसकै शृङ्खला हो । गएको वर्ष नगर परिषद्ले क्रुज जहाजमा निषेध गर्न र क्रुज टर्मिनल बन्द गर्न मतदान गरेको थियो । रेड लाइट क्षेत्रका सार्वजनिक सडकमा गाँजा सेवनमा रोक लगाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप