नेदरल्यान्डको राजधानी एम्स्टर्डममा नयाँ होटल बनाउन रोक
एम्स्टर्डम । नेदरल्यान्डको राजधानी एम्स्टर्डमले नयाँ होटल बनाउन नदिने भएको छ । पर्यटकहरूको आगमन थेग्नै नसक्ने भएपछि सो समस्या कम गर्न यो उपाय अपनाइएको हो । आफूहरूले सहरलाई स्थानीय बासिन्दा र आगन्तुकका लागि बस्न योग्य बनाउन चाहेको विज्ञप्तिमा भनिएको छ ।
यसको अर्थ ओभरटूरिजम गरिने छैन, नयाँ होटल बन्ने छैन भने बर्सेनि होटलमा पर्यटकहरूको रात बसाई २ करोडभन्दा बढी हुन नहुने बताइएको छ । सहरमा अर्को कुनै होटल बन्द भयो भने मात्रै नयाँ होटल खोल्न वा बनाउन दिइनेछ । यो नियम निर्माणको अनुमति पाइसकेका नयाँ होटलमा लागू नहुने बताइएको छ । पर्यटकको सङ्ख्या सीमित बनाउन सहर सक्रिय रूपमा लागिरहेको थियो ।
विशेषगरी रेड लाइट क्षेत्रमा यौन र लागू औषधसम्बन्धि पयर्टनलाई निरुत्साहित गर्न खोजिएको छ । सहरमा थेग्नै नसक्ने पर्यटन गतिविधि रोक्न एम्स्टर्डमले हालैका वर्षमा अनेकौँ उपायहरू अपनाइरहेको छ । पछिल्लो उपाय पनि यसकै शृङ्खला हो । गएको वर्ष नगर परिषद्ले क्रुज जहाजमा निषेध गर्न र क्रुज टर्मिनल बन्द गर्न मतदान गरेको थियो । रेड लाइट क्षेत्रका सार्वजनिक सडकमा गाँजा सेवनमा रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण