बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

एमालेलाई एकीकृत समाजवादीको २ बजेसम्मको अल्टिमेटम

बिहीबार, ०६ वैशाख २०८१, १२ : ३०
बिहीबार, ०६ वैशाख २०८१

धनगढी । नेकपा एमालेले सुदूरपश्चिममा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गर्न खोजेपछि नेकपा एकीकृत समाजवादीले कोर्स परिवर्तनको सङ्केत देखाएको छ ।  समाजवादी निकट स्रोतका अनुसार एमालेले समाजवादीलाई सहयोग नगरेको अवस्थामा कांग्रेस, नागरिक उन्मुक्ति पार्टीसहितको वैकल्पिक गठबन्धनलाई पुनः ब्युँताएर अगाडि बढ्ने बताएको छ । 

सुदूरपश्चिममा समाजवादीले एमालेलाई दिउँसो २ बजेसम्म निर्णय गर्न अल्टिमेटम दिएको छ । त्यसपछि पनि एमालेले निर्णय  नगरेको अवस्थामा कांग्रेससहितको वैकल्पिक गठबन्धनको सहयोगमा सरकार निर्माण गर्ने समाजवादीका एक नेताले जानकारी दिए ।

बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलमा प्रदेशमा मिलेर जाने विषयमा छलफल भएको थियो । सो छलफलको क्रममा देउवा सकारात्मक देखिएपछि एकीकृत समाजवादीले एमालेलाई अल्टिमेटम दिने अवस्थामा पुगेको हो । 

एमाले सुदूरपश्चिम संसदीय दलले भने केन्द्रको निर्देशन कुरेर बसेको बताएको छ । एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र सिंह रावलले पनि त्यसको पुष्टि गरे । उनले रातोपाटीसँग भने, ‘केन्द्रबाट (एमाले) हामीलाई जे निर्देशन आउँछ, त्यही गर्ने हो । पार्टी केन्द्रले समर्थन गर भनेर भनेको छैन । हामी पार्टी केन्द्रको निर्णय कुरिरहेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप