बजेट अभावका कारण नासाले ल्याउन सकेन मङ्गल ग्रहबाट माटो

वाशिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अहिलेसम्म मङ्गल ग्रहबाट माटोको नमुना ल्याउन सकेको छैन । बजेट अभावका कारण एजेन्सीले माटो ल्याउन सस्तो तरिकाहरू खोजिरहेको छ । यसलाई नासाले आफ्नो प्राथमिकतामा राखेको छ । अधिकारीहरूका अनुसार यस परियोजनामा सहयोगका लागि एजेन्सीले सबै केन्द्र र निजी कम्पनीलाई औपचारिक अनुरोध पत्र पठाउन थालेको छ ।
माटो ल्याउने काम प्राविधिक रूपमा अत्यन्तै जटिल छ । त्यसैले एजेन्सीले मिल्ने सम्मको सबै प्रयास गरिरहेको छ । अहिले एजेन्सीसँग भएको प्रविधिले माटो ल्याउन सकिएको छैन । यही काम यही प्रविधिको प्रयोग गरेर कम खर्चमा कसरी गर्न सकिन्छ भन्नेमा नासा छ । यसमा अन्य कुनै ग्रहबाट रकेट प्रक्षेपण गरेर त्यसलाई पृथ्वीमा ल्याउने जस्ता जटिल कार्यहरू पनि समावेश छन् ।
तेस्रो अन्तरिक्ष यान २०२७–२८ सम्म पठाइनेछ र २०३० को सुरुमा नमुना लिएर सो यान पृथ्वीमा फर्किने वैज्ञानिकहरूको अनुमान छ ।
यो सारा अभियानमा ५ देखि ७ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । तर स्वतन्त्र समीक्षकहरूले भने आधुनिक प्रविधिको सहयोगले मङ्गल ग्रहबाट नमुनाहरू पृथ्वीमा फिर्ता ल्याउन कुल ११ अर्ब डलर खर्च लाग्न सक्ने र यसरी ल्याउँदा सन् २०४० अघि पृथ्वीमा नमुनाहरू आउने सम्भावना धेरै कम भएको बताएका छन् । यो कामका लागि ११ अर्ब डलरको बजेट निकै धेरै भएको नासा प्रमुख बिल नेल्सनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित
-
बागमती प्रदेशमा मनाइयो भाषा दिवस
-
हेटौँडा गाडी भासिएको घटनाः ५ स्थानको ६० बढी नमुना बोकेर फर्कियो टोली
-
भाषा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री लामा