बजेट अभावका कारण नासाले ल्याउन सकेन मङ्गल ग्रहबाट माटो
वाशिङ्टन डीसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अहिलेसम्म मङ्गल ग्रहबाट माटोको नमुना ल्याउन सकेको छैन । बजेट अभावका कारण एजेन्सीले माटो ल्याउन सस्तो तरिकाहरू खोजिरहेको छ । यसलाई नासाले आफ्नो प्राथमिकतामा राखेको छ । अधिकारीहरूका अनुसार यस परियोजनामा सहयोगका लागि एजेन्सीले सबै केन्द्र र निजी कम्पनीलाई औपचारिक अनुरोध पत्र पठाउन थालेको छ ।
माटो ल्याउने काम प्राविधिक रूपमा अत्यन्तै जटिल छ । त्यसैले एजेन्सीले मिल्ने सम्मको सबै प्रयास गरिरहेको छ । अहिले एजेन्सीसँग भएको प्रविधिले माटो ल्याउन सकिएको छैन । यही काम यही प्रविधिको प्रयोग गरेर कम खर्चमा कसरी गर्न सकिन्छ भन्नेमा नासा छ । यसमा अन्य कुनै ग्रहबाट रकेट प्रक्षेपण गरेर त्यसलाई पृथ्वीमा ल्याउने जस्ता जटिल कार्यहरू पनि समावेश छन् ।
तेस्रो अन्तरिक्ष यान २०२७–२८ सम्म पठाइनेछ र २०३० को सुरुमा नमुना लिएर सो यान पृथ्वीमा फर्किने वैज्ञानिकहरूको अनुमान छ ।
यो सारा अभियानमा ५ देखि ७ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । तर स्वतन्त्र समीक्षकहरूले भने आधुनिक प्रविधिको सहयोगले मङ्गल ग्रहबाट नमुनाहरू पृथ्वीमा फिर्ता ल्याउन कुल ११ अर्ब डलर खर्च लाग्न सक्ने र यसरी ल्याउँदा सन् २०४० अघि पृथ्वीमा नमुनाहरू आउने सम्भावना धेरै कम भएको बताएका छन् । यो कामका लागि ११ अर्ब डलरको बजेट निकै धेरै भएको नासा प्रमुख बिल नेल्सनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण