बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कतारी शेखको नेपाल भ्रमण

कतारका सरकार प्रमुखको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा छलफल

बिहीबार, ०६ वैशाख २०८१, २२ : ००
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा व्यवस्थाबारे सैनिक मुख्यालय (जंगी अड्डा)मा सुरक्षा अधिकारीहरू बिच छलफल भएको छ । नेपाली सेना, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीबिच सुरक्षा व्यवस्थाबारे छलफल गरेका हुन् ।

वैशाख ११ मा काठमाडौँ आउने अमिर १२ मा फर्किनेछन् । नेपालमा पहिलो पटक आउन लागेका उनको सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । शेखको सुरक्षाको पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गर्नेगरी सुरक्षा व्यवस्थापन गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘सुरक्षा व्यवस्थापनको पाटोमा छलफल भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप