कतारी शेखको नेपाल भ्रमण
कतारका सरकार प्रमुखको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा छलफल
बिहीबार, ०६ वैशाख २०८१, २२ : ००
काठमाडौँ । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा व्यवस्थाबारे सैनिक मुख्यालय (जंगी अड्डा)मा सुरक्षा अधिकारीहरू बिच छलफल भएको छ । नेपाली सेना, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका प्रतिनिधि र काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीबिच सुरक्षा व्यवस्थाबारे छलफल गरेका हुन् ।
वैशाख ११ मा काठमाडौँ आउने अमिर १२ मा फर्किनेछन् । नेपालमा पहिलो पटक आउन लागेका उनको सुरक्षा व्यवस्थापनको मुख्य जिम्मेवारी नेपाली सेनाले लिएको छ । शेखको सुरक्षाको पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी परिचालन गर्नेगरी सुरक्षा व्यवस्थापन गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘सुरक्षा व्यवस्थापनको पाटोमा छलफल भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण