बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न अखिल क्रान्तिकारीको माग

बिहीबार, ०६ वैशाख २०८१, १८ : १२
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको नेकपा विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न माग गरेको छ । निजी शिक्षण संस्थाहरूले शुल्क बढाएको भन्दै त्यो खारेज गर्न माग गरेको हो ।

शिक्षण संस्थाहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क उठाउने, अत्यधिक शुल्क वृद्धि गर्ने जस्ता कार्य भइरहेको भन्दै तत्काल फिर्ता लिन भनेको छ ।

प्रारम्भिक चरणबाटै प्रवेश परीक्षाको नामबाट विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित गर्ने, खेलकुद सामाग्री, कापी÷किताब लगायत स्टेशनरी सामाग्रीको व्यापार विद्यालय हाताभित्र नै गर्ने जस्ता अनैतिक र अवैधानिक गतिविधि भइरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको संयोजक मिलन राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भएबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क साथै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएको भएपनि कार्यान्वयन नभएको अखिल क्रान्तिकारीको ठहर छ ।

निजी विद्यालयहरूले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न सबै शिक्षण संस्थाहरूलाई अनुरोध गरेको छ । यस्ता प्रकारको अवैधानिक गतिविधि बन्द गर्न सरकारलाई समेत आग्रह गरेको छ । 

यस्ता कार्य भएरगरेको पाईएमा संगठनले कडा संघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिएको छ ।

received_1935992530151608

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप