सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने भएको छ । नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने मन्त्रालयको भनाइ छ।
केही दिनदेखि फेसबुक लगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बिमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । यस्ता सूचना/विज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचना/विज्ञापनमा क्लिक नगर्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ ।
साथै यस्ता गलत तथा भ्रामक सूचना/विज्ञापन प्रसारण गर्नेहरूलाई विद्यमान कानुन अनुसार सम्बन्धित निकाय मार्फत नियमानुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण