बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अनमोललाई ‘मेघास्टार’को ट्याग जोगाउन सकस भएको हो ?

बिहीबार, ०६ वैशाख २०८१, २० : १७
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको बिहीबार ट्रेलर सार्वजनिक भयो । 

जसमा उनलाई ‘मेघास्टार’को ट्याग दिइएको छ । जुन ट्याग करिब ४ वर्ष अगाडि एक फिल्मको कार्यक्रममा दिइएको थियो । सो समयदेखि अहिलेसम्म उनलाई सोही ट्यागबाट सम्बोधन हुँदै आएको छ । उनी पनि त्यसै रमाउँदै आएका छन् ।

तर अहिले आएर भने उनलाई त्यो ट्याग अप्ठ्यारो महसुस हुन थालेको अनुमान गर्न सकिन्छ । किनभने फिल्म ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनले आफूलाई उक्त ट्याक आवश्यक नरहेको बताए ।

कार्यक्रममा मिडियाकर्मीले ट्रेलरमा देखिएको ‘मेघास्टार’को ट्यागको विषयमा उनलाई प्रश्न राखे, ‘तपाईँलाई ट्याग किन आवश्यक पर्‍यो ? । जवाफमा उनले आफूलाई बुबाआमाले राखिदिएको नाम नै काफी भएको बताए । ‘न त म आफूलाई मेघास्टार मान्छु, न त सुपरस्टार ठान्छु’, उनले भने ‘मैले भर्खरै त १० वटा फिल्म खेलेँ, अझै पनि सिक्दै छु । खेल्नु छ । मलाई त तपाईँहरूले साथी, भाइ भन्दा पनि पुग्छु ।’ उनले ट्यागमा आफूले विश्वास नगर्ने समेत धारणा राखे ।

केही अगाडिसम्म ‘मेगास्टार’को ट्यागमा रमाउँदै आएका अनमोलले अहिले आएर ट्यागमा विश्वास छैन भन्नु उनलाई यो ट्याग घाँडो भएको सजिलै अनुमान गर्न सकिन्छ ।

कतिपयले त पछिल्लो समय उनका फिल्म लगातार असफल हुनु र विभिन्न विवादमा फसेका कारण पनि आफूलाई मेगास्टार भन्न नरुचाएको अनुमान लगाएका छन् ।

कार्यक्रममा अनमोललाई फिल्मी अभिनेत्री जसिता गुरुङसँगको प्रेमको हल्लाको विषयमा समेत प्रश्न गरिएको थियो । जवाफमा उनले जसिता आफ्नो राम्रो साथी भएको भनाई राखे । उनले भने, ‘जसितासँग काम गर्न पाउँदा खुसी छु । फिल्म हेरेपछि यो जोडी किन पहिले पर्दामा आएन भन्ने प्रतिक्रिया आउनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप