बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप टी–२० क्रिकेट

पहिलो ओभरको पहिलो बलमै आउट भए कुशल भुर्तेल

शुक्रबार, ०७ वैशाख २०८१, ११ : ४९
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको हो । 

कुशल भुर्तेललाई यूएईका बलर जुनैद सिद्धकीले विकेटकिपर सैयद हैदरद्वारा क्याच गराएका हुन् । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप