बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

आठ रन बनाउँदै आउट भए आसिफ शेख

शुक्रबार, ०७ वैशाख २०८१, १२ : ०९
शुक्रबार, ०७ वैशाख २०८१

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको सेमिफाइनल खेलमा नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको हो । 

विकेटकिपर ब्याट्सम्यान असिफ शेख ११ बलमा एक छक्काको मद्दतले आठ रन बनाउँदै आउट भए । उनलाई यूएईका बलर ओमिद सफिक रहमानले एलबीडब्लूको धरापमा पारेका हुन् । ३.३ ओभरमा उनी आउट हुँदा नेपालले केवल ११ रन बनाएको छ ।

यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप